१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मुलुकमा परिवर्तन विरोधीहरु सक्रिय छन् : मन्त्री यादव


0
Shares

सप्तरी । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुलुक समावेशीतातर्फ अघि बढेपनि यसलाई समाप्त पार्न षड्यन्त्र भैरहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण परिवर्तन संघीय लोकतन्त्र रहेपनि परिवर्तन विरोधी शक्तिहरु यसविरुद्ध लागिरहेको बताए ।

मन्त्री यादवले संघीय लोकतन्त्रलाई जोगाउदै संघीय समावेशीताको सिद्धान्तअनुसार पिछडिएका वर्ग र समुदायलाई प्रतिनिधित्व गराउने हिसावले सरकार अघि बढेको स्पष्ट पारे ।

जनताले परिवर्तनको महशुस नगरेसम्म गणतन्त्र सवल हुन नसक्ने उनको भनाइ छ ।