
तेह्रथुम । पूर्वको चर्चित पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा रहेको लामपोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र संखुवासभाको मादी नगरपालिकाको सीमास्थित यस क्षेत्रकै लामो (लाम) पोखरीमा पानी सुक्दै गएको हो ।
पानीका मुहान सूक्न थालेपछि पोखरीको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयबासी बताउँछन् । पोखरीकै छेऊबाट सडक निर्माण भएकाले पनि पानी सुक्न थालेको स्थानीय बताउँछन् ।
आकर्षक पोखरीमा पानी सुक्न थालेपछि छाडा छाडिएका गाईवस्तुहरु समेत पोखरीमा पस्न थालेकाले पोखरीमा फोहोर समेत बढेको छ ।
लामपोखरी टिएमजे पर्यटकीय पदयात्रा मार्गकै एक उत्कृष्ट गन्तव्य पनि हो ।
तर पोखरीको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाउँदा पोखरीकै अस्तित्व संकटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्