२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोशी बाँधमा १५ किलोको अजिङ्गर भेटियो


0
Shares

सप्तरी । जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । रासस