काठमाडौं । नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । विभिन्न कार्यक्रम गरी नेपाल संवत्लाई स्वागत गरिएको छ ।
विशेष गरी नेवार समुदायले यस संवतलाई धुमधामसाथ मनाउने गर्दछन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।
काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मुल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुवात् गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।
यसैबीच नेपाल संवतको अवसरमा काठमाडौंको वसन्तपुर, बालाजुलगायतका विभिन्न स्थानमा र्याली निकालिएको छ ।









प्रतिक्रिया दिनुहोस्