Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


कुकुरको मूल्य दुई लाख, मासिक ३५ हजार खर्च : ‘छोरालाई जस्तै माया’ (भिडियो)


0
Shares

काठमाडौं । टिबेटन म्यास्टिफ संसारकै महँगो जातको कुकुरमध्ये पर्दछ । नेपालमा निकै कम मानिसहरूले मात्र यो जातको कुकुर पाल्छन् ।

काठमाडौंका अमन तामाङले चीनबाट साढे दुई लाख रुपैयाँमा मगाएको यो कुकुरको रेखदेख पनि उत्तिकै खर्चिलो छ ।

उसको खानामा मात्र मासिक ३५ हजारसम्म खर्च हुने तामाङ बताउँछन् ।

तर तामाङको लागि यो कुकुर एउटा जनावरभन्दा बढी परिवारको सदस्य हो । उनी भन्छन्, ‘कुकुर मेरो छोरासरह हो, यसले खुशी ल्याउँछ ।’

बीबीसी नेपाली सेवाको एउटा भिडियो अन्तरवार्तामा भनेका छन्, ‘कुकुरलाई बाटोमा लिएर हिंड्दा मानिसहरु हेर्न झुम्मिने, सेल्फी खिच्नेहरुको भीड लाग्छ, साँच्चै यो सबैका लागि आकर्षक छ ।’

Skip This