२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जुद्धोदयका विद्यार्थीको पुनर्मिलन


0
Shares

काठमाडौं, कात्तिक ९ । वि.सं. २०१६ सालमा काठमाडौंको जुद्धोदय पब्लिक हाइस्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ ।

तिहारका अवसरमा शनिबार पुनर्मिलन कार्यक्रम आयोजना गरिएको हो ।

करिब ६ दशकपछि फेरि भेट भएका विद्यार्थीहरुले पुनर्मिलन अविस्मरणीय रहेको बताए ।

उक्त व्याजका विद्यार्थीहरु समाजका विभिन्न क्षेत्रमा रही काम गरिसकेका छन् ।

२०१६ मा सोही स्कुलबाट प्रवेशिका परीक्षा दिनेमा स्वरसम्राट नारायणगोपाल पनि रहेका थिए ।