
काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालको कूटनीतिक सम्बन्ध खस्कँदै गएको जिकिर गरेका छन् ।
नेपाली कांग्रेस ललितपुर महानगर समितिले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा उनले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै कूटनीतिक सम्बन्ध राख्न सरकार असफल भएको आरोप लगाए ।
कम्युनिस्ट नेतृत्वको सरकार सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागतरुपमै मौलाउँदै गएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्