
काठमाडौं, कात्तिक ८ । पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ ।
काठमाडौं, महाराजगन्ज निवासी सिंहको ह्याम्स अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।
स्व. सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालयसमेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो ।
त्यसअघि, सिंहको पार्थिव शरीरमा उनका आफन्तसहित निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलगायतका प्रहरी अधिकारीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।
बझाङको पिपलकोट, बुंगलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका सिंहका दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्