Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कात्तिक १३ गते सार्वजनिक बिदा


0
Shares

काठमाडौं, कात्तिक ७ । सरकारले यही कात्तिक १३ गते देशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को कात्तिक ५ गतेको निर्णयानुसार नेवार समुदायको किजापूजा (भाइटीका)का अवसरमा कात्तिक १३ गते बुधबार सार्वजनिक बिदा दिइएको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०७/०५ को निर्णयानुसार किजापूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुमासमेत सार्वजनिक बिदा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ’–गृह मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा भनिएको छ ।