
वाग्लुङ । जिल्ला अदालत बागलुङमा धरौटी बुझाएर तारेखमा छुटे लगत्तै विप्लव समूह माओवादीका कार्यकर्ता कमानसिंह नकाल क्षेत्री र बाबुलाल शाक्य पक्राउ परेका छन् ।
विप्लव माओवादीका तत्कालीन म्याग्दी इञ्चार्ज क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी शाक्यले अदालतमा १०/१० हजार रुपैया धरौटी बुझाएर तारेखमा छुटे लगत्तै प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
अदालतले कार्तिक १७ गते तारेखमा अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।
तारेखमा उपस्थिति हुने आदेश पाए पछि बाहिरिदै गर्दा अदालतको गेटबाट नै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर हत्कडी लगाएकोे थियो ।
उनीहरु गत साउन–३ गते म्याग्दीको नगरपालिका वडा नम्बर ३ भकिम्लीस्थित नयाँ पुलबाट पक्राऊ परेका थिए ।
क्षेत्री र शाक्यलाई राज्य विरुद्धको कसुरमा मुद्धा दर्ता गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्