कञ्चनपुर । धान बाली भित्र्याउने बेला भएसँगै कञ्चनपुरमा जंगली हात्तीले आतंक मच्चाउन थालेका छन् ।
भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले किसानको अन्नबाली नोक्सान गर्नुका साथै बस्ती छिरेर आतंक मच्चाउन थालेका हुन् ।
हात्तीले खेतबारीमा लगाएको धान, उखु, तरकारी लगायतका बाली नोक्सान गरेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । उनीहरु अन्नबाली जोगाउन रातभरी खेतमै जाग्राम बस्न बाध्य छन् ।
शुक्लाफाँटा नगरपालिका ८ मा मात्र हात्तीले झण्डै २० विघा क्षेत्रफलमा अन्नबाली नोक्सान गरेको स्थानीय कृष्णसिंह धामीले बताउनुभएको छ ।
केही दिनयता, हात्तीको झुण्ड गाउँबस्तीमै पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
गत बुधबार मात्रै शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
जंगली हात्तीको बथानले कञ्चनपुरको पुनर्वास, बेलौरी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा नगरपालिकाका र लालझाँडी गाउँपालिका विभिन्न वडामा आतंक मच्चाउदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्