Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


रुपन्देही जिल्ला अदालतबाट फरार ५ प्रतिवादी पक्राउ


0
Shares

भैरहवा, बैशाख १० । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु फरार थिए ।

इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी नायब निरीक्षक विजय कुमार शाही समेतको टोलीले फरार सबै प्रतिवादीहरुलाई उनीहरुको घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फरार सबै एउटै वडाका हुन् ।

पक्राउ पर्नेमा लागुऔषधजन्य मुद्दामा दोषी ठहरिएर दुई हजार जरिवाना सजाए भएकोे रुपन्देहीको तिलोत्तमा ७ भलवारीका पवन भन्ने विक्रम थारु र सोही स्थानको अजय बाल्मीकी भन्ने अजय हेला रहेका छन् ।

यस्तै भ्रष्टाचारजन्य मुद्दामा एक हजार जरिवाना सजाए भएको सोही स्थानका असई भन्ने कृष्ण बहादुर गुरुङलाई पनि पक्राउ गरी फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनुभयो ।

फरार सबै प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।