
राजविराज, असोज २७ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्तले तोडफोड गरेका छन् ।
समयमा डाक्टर ‘ड्युटी’मा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ ।
बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यसैबीच, अस्पताल प्रशासनले डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीनकक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्