
काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकाक्रममा सुरक्षा व्यवस्था निकै मजबुत बनाइएको छ ।
सीको सवारी हुने रुटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।
ती रुटका दुवैतर्फ ट्राफिक प्रहरी परिचालन गरिएको छ भने राष्ट्रपति सी बस्ने होटेल सोल्टी वरपरसमेत सुरक्षा सर्तकता उच्च बनाइएको छ ।
होटेल सोल्टीका सबै कोठा चिनियाँ अतिथिले मात्र प्रयोग गर्नेगरी ‘रिजर्भ’ गरिएको छ । सोल्टीको क्यासिनो पनि खाली गराइएको छ ।
सोल्टी होटेल आसपास चिनियाँ जनमुक्ति सेनासमेत परिचलान गरिएको छ ।
सीको यात्राकाक्रममा सी सवार सवारीलाई नेपाली सेनाको हेलिकोप्टरबाटसमेत ‘रेकी’ गरिनेछ ।
अहिले पनि काठमाडौंमा सी सवार हुने रुटमा हेलिकोप्टरबाट गस्ती भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणकाक्रममा राष्ट्रपति सी शनिबार अपराह्न काठमाडौं आएका छन् ।
प्रतिक्रिया दिनुहोस्