२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आइतबार सार्वजनिक बिदा


0
Shares

काठमाडौं, असोज २४ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राससलाई जानकारी दिए । रासस