
काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादसैंकोे टीका लगाएका छन् ।
उनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बुवाको हातबाट दसैंको टीका लगाएका हुन् ।
बुवासँग टीका लगाएपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए ।
उनले परिवारजन, उपप्रधानमन्त्री, मन्त्रीहरु तथा नेता, कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाइदिए ।
प्रधानमन्त्री ओलीको हातबाट टीका लगाउन सर्वसाधारण पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्