
रेनु श्रेष्ठ (इमेज)
गोरखा, असोज १८ । गोरखाबाट काठमाडौंको हनुमानढोका दसैंघरमा भित्राउनका लागि यो वर्ष पनि फूलपाती लगिएको छ ।
गोरखाबाट शनिबार बिहान ९ बजे बोलेरो जिपमा राखेर फूलापाती काठमाडौं पठाएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
धिमेबाजा बजाउँदै डोलीमा हालेर गोरखा दरबारबाट ल्याइएको फूलपाती सतिपिपलबाट बोलेरो जीपमा राखेर काठमाडौं पठाइएको हो ।
एकीकरणपछि नेपालको राजधानी काठमाडौंलाई बनाएसँगै गोरखाबाट फूलपाती काठमाडौं लैजाने चलन सुरु भएको हो ।
विगतमा गोरखाबाट बोकेर फूलपाती धादिङको जीवनपुर हुँदै पैदलयात्राबाटै काठमाडौं लैजाने गरिन्थ्यो । सडक निर्माणसँगै फूलपाती यातायतको साधनमै राखेर काठमाडौं लैजान थालिएको हो ।
यसैगरी, कल्सेनी, मग्लेनीसहितको टोलीले मालश्री धुन बजाउँदै गोरखाकै पोखराथोक चौताराबाट लगेको फूलपाती गोरखा दरबारको दसैंघरमा घाम अस्ताउने बेलामा भित्राउने चलन पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्