
काठमाडौं, असोज १६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् ।
राष्ट्रपति सीको भ्रमणको तयारीस्वरुप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्किएको छ ।
चिनियाँ राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो साढे १ बजे अवतरण गरेको सो विमान ३ बजेर १० मिनेटमा चीन फर्केको थियो ।
नेपालस्थित चिनियाँ दूतावासले समेत सीको बसोबास हुने स्थान र यात्रा हुने स्थानमा विशेष चासोका साथ अध्ययन गरिरहेको परराष्ट्र स्रोतले बताएको छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्