
नवलपरासी, असोज १४ । नवलपरासी सदरमुकाम परासीमा खानेपानीको नयाँ पाइप जडान गर्नेक्रममा अप्टिकल फाइबर काटिएपछि पश्चिम नवलपरासीका अधिकांश स्थानमा टेलिफोन र मोबाइल सेवामा समस्या आएको छ ।
पाइप जडानकाक्रममा अप्टिकल फाइबर काटिनसक्ने विषयमा उपभोक्ता समितिलाई जानकारी गराएपनि लापरबाही गर्दा सन्चार सेवामा समस्या आएको सन्चार कार्यालय परासीका प्रमुख विष्णुदेव मृदाहाले बताए ।
विच्छेद भएको सन्चार सेवालाई रेडियो फ्रिक्वेन्सीबाट सुचारु गरिएपनि फ्रिक्वेन्सीबाट मोबाइल र टेलिफोनमा आवाज स्पस्ट आउन नसकेको उनले बताए ।
काटिएको फाइबरको मर्मत समितिले नगरेपछि आफ्नै लगानीमा मर्मतको तयारी गरिरहेको दूरसन्चार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्