Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


सनी देओलका छोराले बलिउडमा डेब्यू गर्दै


0
Shares

एजेन्सी । सनी देओलका छोरा राजवीर देओलले फिल्ममा डेब्यू गर्ने भएका छन् ।

हजुरबुवा धर्मेन्द्र देओलले आफ्नो ट्वीटरमार्फत राजवीरले बलिउडमा कदम राख्न लागेको जानकारी दिए ।

उनले लेखेका छन्, ‘मेरो नाती राजवीरले अवनीश बडजात्या को निर्देशनमा फिल्मी दुनियाँमा पाइला चाल्न गइरहेको छ, यी दुई बच्चाहरूलाई पनि मलाई जत्तिकै माया दिनुहोला ।’

राजवीर अघि उनका दाइ करण देओलले फिल्म ‘पल पल दिल के पास’मा काम गरिसकेका छन् ।

Skip This