२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एक साताका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजत खुला


0
Shares

काठमाडौं, असोज १२ । दशैंका लागि घर जाने यात्रुको यात्रा सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । 

सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो । आजैदेखि १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौं आगमनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ । 

खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । शुक्रबार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए । (रासस)