२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा


0
Shares

काठमाडौं, असोज १२ । नवरात्रको पहिलो दिन आज देवी शैलपुत्रीको विधिपुर्वक पूजाआराधना गरिएको छ ।

काठमाडौंको शक्तिपीठहरुमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु शक्तिपीठहरु पुग्ने गर्दछन् । देवी मन्दिरहरुमा दशमीकै दिनसम्म घुइँचो लाग्ने गर्दछ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यसैवीच आजै दुर्गापुजा समारोह समितिले सानेपाबाट कलश यात्रा निकालेको छ । कलशयात्रा शंखमुलमा पुगेर समापन भएको थियो ।