२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२४ घन्टामा १ लाख १२ हजार व्यक्तिले काठमाडौं छाडे


0
Shares

काठमाडौं । दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ ।

गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना यात्रु काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

२४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाडौं भित्रिएका छन् ।

सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाडौं छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।