Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


अझै शुरू भएन खसीबोकाको परीक्षण


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन ।

गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो ।

दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन ।

महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भन्नुभयो– ‘गतवर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसारसमेत गर्नसकेको छैन ।

तर फूलपातीको अघिल्लो दिनबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ ।’

महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा छ ।

महानगरले रातो रंग लगाएको खसीबोका खान योग्य नभएको र हरियो रंग लगाएको चौपाया खान योग्य भएको प्रमाणित गरी बिक्रीवितरण गर्न खुला गर्ने गरेको थियो ।नेपाल समाचारपत्र दैनिकबाट

Skip This