Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


अक्षरमार्गले गर्याे साहित्यकारलाइ सम्मान


0
Shares

काभ्रे । आठौंँ वार्षिकोत्सवको अवसर पारेर अक्षरमार्गले नेपाली भाषा–साहित्यको क्षेत्रमा समर्पित पाँचजना साहित्यकारलाइ सम्मान गरेको छ ।

काभ्रेमा आयोजित कार्यक्रममा संस्थाले ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार’ सम्मानबाट वियोगी बुढाथोकी, ‘नरबहादुर अक्षरमार्ग सम्मान’बाट विष्णुसिंह राई, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट सुरेन्द्र अस्तफल र ‘अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान’बाट तारा केसीलाई सम्मानित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. तुलसी भट्टराईले स्रष्टाहरूलाई सम्मान गर्दै आफूहरु अक्षरमार्गको यात्रामा यात्रारत् रहेको र अक्षरमार्गको अक्षरकर्म सुरम्य रहेको बताउनु भयाे ।

कार्यक्रममा विभिन्न मुक्तककारहरूको संयुक्तसंग्रह ‘मुक्तकमा समवेत् स्वरहरू’ पनि लोकार्पण गरियो । सो मुक्तकसंग्रहमा १३६ जना स्रस्टाका मुक्तकहरू संग्रहित छ ।

सार्वजनिक मुक्तकसंग्रहमाथि समालोचक डा. शैलेन्द्रप्रकाश नेपालले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा सम्मानित स्रष्टाहरूका साथै साहित्यकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, रत्नप्रसाद अनामणि, डा. पुष्करराज भट्ट, गार्गाी शर्मालगायतले आफ्नो विचार व्यक्त गरे ।