२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सीमानाकामा घर फर्कनेको चहलपहल


0
Shares

कन्चनपुर, असोज ११ । बडादसैं नजिकिएसँगै सीमानाकामा घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ ।

रोजगारीका लागि भारत गएकाहरु घर फर्कनेक्रम बढेसँगै सीमानाकामा लुटपाट र ठगीका घटनाहरु पनि बढ्दै गएका छन् ।

उनीहरु भारतीय कस्टम, टाँगा, म्याजिक र अटोलगायतका सवारी–साधनबाट लुटिने र ठगिने गरेका हुन् ।

सीमावर्ती भारतीय बजार बनवासाबाट कन्चनपुरको महेन्द्रनगरसम्मको भाडा प्रतिव्यक्ति भारतीय ८० रुपैयाँ छ । तर, टाँगा, म्याजिक र अटोलगायतका सवारी–साधनले प्रतिव्यक्ति २०० देखि ५०० रुपैयाँसम्म लिने गरेका छन् ।

उसो त चाडबाडमा घर फर्कने यात्रीलाई लक्षित गरी सिमानामा नेपाल र भारतीय सीमा सुरक्षा बलको संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

प्रहरीकाअनुसार यो वर्ष हालसम्म २०० नेपालीलाई नसालुपदार्थ खुवाएर लुटिएको छ ।