१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


शुक्र अस्त सकियो


0
Shares

काठमाडौं, असोज ११ । दुई महिनाभन्दा बढी समय लागेको शुक्र अस्त शनिबार बिहानबाट सकिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार गएको साउन ४ गते राति ८ बजेर ३३ मिनेटमा अस्ताएको शुक्र ग्रह शनिबार बिहान २ बजेर ५७ मिनेटमा उदाएको हो ।

शुक्र अस्त हुँदा नजुरेका धार्मिक कर्महरु अब जुर्ने ज्योतिषी डा. सुनील सिटौलाले बताए ।

शुक्र अस्तका समय कुनैपनि देवकर्म गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ ।

सो समयमा विवाह, व्रतबन्ध, सप्ताहलगायत जुराएर र हेराएर गर्नेखाले देवकार्य गर्नु शुभ मानिँदैन । देवताका गुरु वृहस्पति र दैत्य गुरु शुक्र अस्ताएका बेला कुनै धार्मिक कार्य गर्न नहुने विश्वास छ ।