२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मानव बेचविखन नियमावली संशोधनको तयारी


0
Shares

काठमाडौ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन सम्बन्धी नियमावलीमा संशोधनको तयारी गरेको छ ।

महिला कानून तथा विकास मञ्चले आज काठमाडौमा गरेको मानव बेचविखनबिरुद्ध स्थानीय र प्रदेश समितिको आवश्यकता विषयक छलफलमा मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्माले नियमावली संशोधनको तयारी भइरहेको जानकारी दिइन ।

उनले मानव बेचविखन नियन्त्रण जिल्ला समिति कायमै रहेपनि समितिलाई कोष संचालनमा समस्या देखिएको र यसैकारण निस्क्रिय रहेका जिल्ला समितिहरु सक्रिय बनाउनको लागि नियमावली संशोधनको तयारी गरिएको जानकारी दिइन ।

मानव बेचबिखन नियन्त्रण जिल्ला समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

ऐनलाई संघीय ढाँचामा रुपान्तरण गर्न पनि संशोधन आवश्यक रहेको भन्दै सहसचिव शर्माले मौजुदा ऐनले पनि प्रदेश र स्थानीय तहले मानव बेचविखन विरुद्धका कार्यक्रम भने निर्वाध सञ्चालन गर्न सक्ने जानकारी दिइन ।

कार्यक्रममा महिला,कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानवबेचबिखन सम्बन्धि मौजुदा ऐनमा प्रादेशिक र स्थानीय समिति राख्ने बारे व्यवस्था नभएकाले तत्काल ऐनमा संशोधन गरेर प्रादेशिक र स्थानीय समिति गठनको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।