
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले सञ्चार माध्यमहरु देशको चौथो अंगको रुपमा रहेकाले देश र जनताको हीतमा हुने काम गर्नुपर्ने बताएका छन् ।
नेपाल टेलिभिजनको पत्रकार महासंघ शाखाले स्थापना गरेको हेम–सुनिल जोखिम टेलिभिजन पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा उपराष्ट्रपति पुनले सञ्चारकर्मीहरुलाई आर्थिक लोभ लालचमा नफसी निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा उपराष्ट्रपति पुनले हेम–सुनील जोखिम टेलिभिजन पत्रकारिता पुरस्कार विभिन्न संचारकर्मीहरुलाई पुरस्कृत गरे ।
यसबर्षको हेम सुनिल पत्रकारिता पुरस्कारबाट इमेज टेलिभिजनका संवाददाता गृष्मा राजभण्डारी, इमेज टेलिभिजनकै क्यामराम्यानद्वय कुमार थापा र सुयेस मानन्धर तथा नेपाल टेलिभिजनको सिन्धुपाल्चोक संबाददाता नेत्र पौडेल सम्मानित भएका छन् । सम्मानित हुनेहरुलाई कदर पत्र र नगद ५१ हजार प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्