
कपिलवस्तु, असोज ५ । विश्वमै दुर्लभ मानिने पंक्षी सारसले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा कोरल्न शुरु गरेका छन् ।
उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो चराका रुपमा सारसलाई लिइन्छ । वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षण गरेको ९ वटा पंक्षीको प्रजातीमध्ये सारस पनि एक हो ।
अहिले कपिलवस्तुका विभिन्न स्थानमा सारसले अण्डा कोरल्न शुरु गरे पनि सारसको बच्चा बस्ने ठाउँ भने असुक्षित छन् । खुल्ला ठाउँमा सारसले बच्चा कोरल्दा यसको चोरी, शिकारीको खतरा बढेको छ ।
नेपालभरी बढीमा ४ सय सारस भएको अनुमान गरिएको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै दुई सय पचास भन्दा बढी सारस भएको बताइन्छ ।
कपिलवस्तुमा सबैभन्दा बढी सारस रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्