
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट कुनै पनि प्रतिभाले मुलुकबाट उपेक्षित हुन नपर्ने स्पष्ट पारेका हुन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको प्रधानन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
उनले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्