२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आलमलाई छुटाउन लागिपर्छुः देउवा


0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एंव सांसद आफताव आलमालाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको धरमपुर सिंगारवनमा विष्णुपुराण महायज्ञको बुधबार उद्घाटन गर्दै अध्यक्ष देउवाले आलमको रिहाइका लागि कोसिस जारी रहने बताए ।

आलमजी अहिले जेल मा हुनुहुन्छ, उनले भने, म आफ्नोतर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु । उनले कार्यकर्तालाई धैरता राख्न अनुरोध गरे ।

उनले भने, तपाइँहरु धैर्य गर्नुस । भोलि परिस्थिति बदलिन पनि सक्छ । त्यसैले तपाइँहरु धैर्य गरेर बस्नु होला । अदालतमा मुद्दा चलिरहेको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ को राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम बिस्फोटमा मान्छे मारेको आरोपमा पक्राउ परेका आलम हाल अदालतको आदेशमा पूपक्षका लागि नख्खु कारागारमा छन् ।

राजबुर बमकाण्डको १२ वर्षपछि प्रहरीले उनलाई २०७६ असोज २६ मा इद्रिसको गेटबाट पक्राउ गरेको थियो ।

बिस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटाभट्टामा लगेर पोलेर मारेको आरोप आलममाथि छ । आलम रौतहटमा प्रभाजवशाली नेता मानिन्छन् । कान्तिपुर