१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुरको पहिलो जित


0
Shares

काठमाडौं, फागुन १४ । मध्यपुर युथ एसोसिएसनले शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा टुसाल युथ क्लबलाई २–० ले पराजित गर्दै मध्यपुरले पहिलो सफलता हासिल गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जिताउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक–एक गोल गरे ।

जितसँगै मध्यपुर ७ खेलमा ४ अंकसहित तालिकाको ११ औं स्थानमा पुगेको छ ।

टुसाल ७ खेलमा ८ अंकसहित सातौं स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राख्ने क्रममा सातदोबाटो युथ क्लवले खुमलटार युथ क्लबलाई ३–२ ले हरायो ।

सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले १–१ गोल गरे ।

खुमलटारका सबिन केसी र आदिल हमिदले १–१ गोल फर्काए ।

यो जितसँगै सातदोबाटो ७ खेलमा १९ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

जारी लिगमा खुमलटारको यो पहिलो हार हो ।