
काठमाडौं, भदौ २६ । काठमाडौंका सडकहरुमा माग्दै हिँड्ने बालबालिकालाई नेपाल प्रहरीको खोजतलास समन्वय केन्द्रले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका अधिकांश बालबालिका भारतीय मूलका छन् । जसमा एकै परिवारका दिदी–बहिनी र दिदी–भाइ रहेको पाइएको छ ।
विभिन्न ठाउँमा अलग–अलग बसेर माग्ने गरेका उनीहरुले हातमा पर्चा लिने र सोही पर्चाकै आधारमा माग्ने गरेका थिए ।
उनीहरुले बसपार्क र भीडभाड हुने ठाउँलाई माग्ने थलोकारुपमा प्रयोग गर्दै आएका थिए ।
बिहीबार सडकमा माग्दै हिँड्ने बालबालिकालाई नियन्त्रणमा लिन प्रहरीको टोली पुग्दा उनीहरुमा रुवाबासी चलेको थियो ।
प्रहरीले नियन्त्रणमा लिइएकाहरुले परिवार पाल्नका लागि माग्ने गरेको बताएका छन् ।
नियन्त्रणमा लिइएकाहरुलाई सम्झाइ–बुझाइ परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
सहरमा माग्नेहरुको संख्या कम गरी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउन भन्दै समन्वय केन्द्रले सडकमा माग्ने बालबालिकाकालाई नियन्त्रणमा लिने अभियान नै चलाएको छ ।
प्रतिक्रिया दिनुहोस्