२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


दुई पटक उद्घाटन भएको बसपार्क अझै संचालनमा आएन


0
Shares

पाँचथर । पाँचथरको फिदिम २ पल्लोटारस्थित बसपार्क दुईपटक उद्घाटन भए पनि सञ्चालनमा आउन सकेको छैन ।

बसपार्क सञ्चालनका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएका स्थानीय बसपार्क सञ्चालनमा नआउँदा आक्रोशित बनेका छन् ।

पछिल्लो पटक गत वर्षको मंसिरमा उद्घाटन भएको पाँचथरको फिदिममा रहेको बसपार्कमा अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

बसपार्क सञ्चालनमा नआउँदा बजार क्षेत्रमा जामको समस्या बढेर गएको छ ।

बसपार्क सञ्चालनका लागि निशुल्क रुपमा ११ रोपनी जग्गा उपलब्ध गराएका स्थानीयले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

फिदिम नगरपालिकाले  यातायात व्यवसायीसँग समन्वय नगरेकाले समस्या देखिएको भन्दै आफूहरु बसपार्क सञ्चालन गर्ने पक्षमा रहेको यातायात व्यवसायी नीलम गिरीको भनाइ छ ।

अहिले दैनिक २० देखि २५ वटा सवारी साधन आउने र चिट काट्नसाथ जाने गरेका छन् ।

पहिलोपटक ०७१ वैशाख १ गते बसपार्क उद्घाटन गरिएपछि भौतिक पूर्वाधारको अभाव देखाउँदै यातायात व्यवसायीले सवारी लैजान नमानपछि भौतिक पूर्वाधार निर्माण पनि भइसकेको छ ।

बसपार्क सञ्चालन समितिका अध्यक्ष तथा फिदिम नगरपालिका २ का वडाध्यक्ष सुकपाल तुम्बापो भने सरोकारवालासँग छलफल भइसकेकाले अब नियमित रुपमा पल्लोटारबाटै बसपार्क सञ्चालन हुने दाबी गर्छन ।

यता फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाङ नेम्बाङ भने बल प्रयोग गरेर लैजानेभन्दा छलफल र संवादकै माध्यमबाट बसपार्क सञ्चालनमा ल्याउने बताउँछन् ।

करोडौं रुपैयाँको लगानीबाट निर्माण गरिएको बसपार्क छिटै सञ्चालन गर्नुपर्ने स्थानीयको पनि माग छ ।