२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राम्चेमा पहिरो जाँदा पासाङल्हामू राजमार्ग अवरुद्ध


0
Shares

रसुवा । अविरल वर्षासँगै रसुवाको राम्चेमा पहिरो जाँदा पासाङल्हामू राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार रातीे कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण मानिस हिँडने बाटोसमेत नभएको कालिका गाउँपालिका–१, का वडा अध्यक्ष मालफुर्पा तामाङले जानकारी दिए ।

बाटो खुल्न चार पाँच दिन लाग्ने अनुमान गरिएको छ । यसअघि पनि यसै ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।