२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ, कैदीसँग मिलेर फिरौती धन्दा


0
Shares

काठमाडौं । दुई बर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाई हुन ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ अशोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडी भित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दावी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीब्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार समीरले फिरौती संकलनमा खटाएका यी दुई ब्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाई नरेश अनुसन्धानमा तानिएका हुन् । कान्तिपुर दैनिकबाट