१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेकपाका नेताहरु कामविहीन, नेतृत्व नै अलमलमा


0
Shares

सिन्धुली । सिन्धुलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी गठन भएको लामो समय बित्दा पनि बैठक बस्न सकेको छैन ।

जिल्ला कमिटिको बैठक हुन नसक्दा जिल्ला कमिटी सिन्धुलीका नेताहरु काम विहीन हुन पुगेका छन् ।

करिव तीन महिना अगाडी लेखनाथ दाहाल अध्यक्ष र प्रदीपकुमार कटुवाल सचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको कुल एक सय ४५ सदस्यीय जिल्ला कमिटी, सचिवालय र कार्यालयक समेत गठन भइसक्दा पनि जिल्ला कमिटिको बैठक बस्न नसकेको हो ।

बैठक बस्न नसक्दा जिल्लाका कुल नौ वटा स्थानीय तहमा ईन्चार्जको अभाव खट्किएको छ भने विभिन्न जन वर्गीय तहहरुको काममा समेत समस्या देखिएको छ ।

अर्कोतिर राजनीतिक र सांगठानिक क्रियाकलापहरु सञ्चालन हुन सकेका छैनन् भने स्थानीय तहमा भएका कामकाजको अनुगमन सुपरीबेक्षण समेत पार्टीको तर्फबाट हुन सकेको छैन ।