२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अंकमाल गर्दा सम्बन्ध मजबुत हुनुका साथै स्वास्थ्यको लागि पनि फाइदाजनक


0
Shares

काठमाडौं । यो साता भ्यालेन्टाइन साता चलिरहेको छ । ‘रोज डे’, ‘प्रपोज डे’, ‘चक्लेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’ सँगसँगैं आज १२ फेब्रुअरी मा ‘हग डे’ मनाइन्छ। भ्यालेन्टाइन डे को दुई दिन अघि हग डे मनाइन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको भावनासहित हग (अंकमाल) गरिरहेको समय भन्दा सुन्दर पल अरु के नै हुनसक्छ र ? जुन भावना शब्दहरू मार्फत व्यक्त गर्न सकिदैन् त्यस्ता भावना आफ्नो पार्टनरसँग मायाले हग गरेर व्यक्त गर्न सकिन्छ ।

हग प्रेमी या प्रेमिकाको लागि मात्रै होइन् आफ्ना बुबा आमा, भाइ बहिनी, दाजु, साथीलगायतसँग पनि गर्न सकिन्छ र आफ्नो माया दर्शाउन सकिन्छ । यो सम्बन्ध राम्रो बनाउन मात्रै होइन स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । हग गर्दाका फाइदाहरु निम्न छन् ।

मुटुको लागि फाइदाजनकः एक अध्ययनका अनुसार हग गर्नाले शरीरमा प्रेम हार्मोन ऑक्सीटोसिनको स्तर बढाउँछ। यसले मुटुलाई स्वस्थ राख्छ ।

रक्तचाप कम छः वैज्ञानिकहरूको भनाइ अनुसार रक्त चाप पनि हग गरेर कम हुन्छ। यो शरीरमा अक्सीटोसिन हार्मोनको विमोचनको कारण हो। ५९ जनामा ​​गरिएको अध्ययनमा भनिएको छ कि जो व्यक्ति आफ्नो पार्टनरलाई मायाले हग गर्छ सो व्यक्तिको रक्तचाप नियन्त्रण हुन्छ ।

तनाव कम गर्छ: धेरै अध्ययनहरूमा भनिएको छ कि तनाव हार्मोन कोर्टिसोलको स्तर एक विशेष व्यक्तिलाई हग गरेर कम गर्न सकिन्छ । हग गर्नाले तनाव त कम हुन्छ नै तपाइको स्मरण शक्ति पनि बढ्छ ।

मुड ताजा बनाउँछ: अन्वेषकहरूका अनुसार आफ्नो विशेष मान्छेसँग हग गर्नाले मुड फ्रेस हुन्छ । जब तपाइ कोहीलाई हग गर्नुहुन्छ तपाइँको दिमागमा सेरोटोनिन बढी मात्रामा उत्पादन हुन्छ । जसले तपाइको मुड फ्रेस राख्न मद्दत गर्दछ । हग गर्नाले व्यक्तिको काम गर्ने क्षमतामा समेत वृद्धि हुन्छ ।

रोगहरूको जोखिम कम हुन्छः करिब ४ सय भन्दा बढी व्यक्तिहरूमा गरिएको एक अध्ययनअनुसार हग गर्नाले व्यक्ति बिमारी हुने सम्भावना कम हुन्छ । जो व्यक्तिलाई आफ्नो प्रेमी वा पे्रमिकाको सपोर्ट मिल्छ उ बिमारी हुने सम्भावना कम हुन्छ । एजेन्सी