Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


उत्सव र आरतीले माफी मागे, सुष्माले दिइन्, टुङ्गियो विवाद


0
Shares

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिगएको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा पत्रकार उत्सव रसाइली र श्वेता खड्काकी बहिनी आरती खड्काले नायिका कार्कीसँग माफी मागेपछि विवाद टुङ्गिएको हो ।

छफफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नायिका सुष्मा कार्कीले गल्ती गरेपछि माफी माग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरूले सरी भन्नुभयो, मैले उहाँलाई क्षमा दिएँ त्यति नै हो ।’

यस्तै पत्रकार उत्सव रसाइलीले आफूहरूबीच नहुनेपर्ने घटना भएको बताउँदै नायिका कार्कीप्रति भएको घटनामा क्षमा माग्नुभएको छ । नायिका कार्कीलाई चोटपटक पनि लागेको जानकारी दिँदै पत्रकार रसाइलीले शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले आगामी दिनमा वादविवाद, दुर्घटना र भनाभन नगर्ने सहमति भएको जानकरी दिनुभयो ।

उनीहरूबीच सोमबार राति काठमाडौंको लण्डन पबमा विवाद भएको थियो । विवादपछि उत्सवले गालीगलौज गरेको र आरतीले सुष्मामाथि कुटपिट गरेका थिए ।