Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


खुला दौडको उपाधि राम्जी र पवित्रालाई


0
Shares

काठमाडौं । पृथ्वीजयन्तीका अवसरमा सोबार भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् ।

गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका छन् ।

प्रतियोगितामा २५ मिनेट २५ सेकेण्डमा पूरा निर्धारित दूरी पूरा गर्दै सेनाकै सुनिल थापा दोश्रो हुँदा २५ मिनेट ४५ सेकेण्डमा दूरी पूरा गरेर पूर्णबहादुर गुरुङ तेश्रो भए ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङ चौताराबाट सुरु भएको दौड प्रतियोगिता सतीपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले ३२ मिनेट ८ सेकेण्डमा पूरा गर्दै प्रथम हुँदा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै रिना श्रेष्ठ तेस्रो भइन् ।