Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउँछु भन्ने सपना नदेख्नोस् : सन्चारमन्त्री


0
Shares

काठमाडौं, भदौ ५ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजाका नाममा राजनीति गर्नेहरु डाइनोसरजस्तै लोप हुने दोहोर्‍याएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्था पुनःस्थापना गर्ने भन्नेहरुलाई इतिहास पढ्न सुझाव दिँदै भने–‘कहाँको कुन राजा ल्याउने ? लावण्य देशको ?’

उनले ‘भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउँछु भन्ने सपना नदेख्न’ भन्दै ‘पानी धमिलो पारेर माछा मार्ने खेल नगर्न’ चेतावनी दिँदै भने–‘चिहानमा आराधना गरेर राजतन्त्र फर्कंदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर ‘सक्कली, नक्कली र डेढअक्कली बहस’हरु चलिरहेको भन्दै मन्त्री बाँस्कोटाले १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको औषधि परिवर्तनको उपचार भइरहेको जिकिर गरे ।

Skip This