७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


पर्वतको खुर्कोटमा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु


13
Shares

पर्वत, भदौ ५ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट, बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको मृत्यु भएको छ ।

बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राति घरमा सुतेकै अवस्थामा घर भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोले पुरिएर बेपत्ता भएका चालिसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजतलास गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार सिरक ओढेर सुतेकै अवस्थामा उनलाई पहिरोले पुरेको थियो ।

श्रीमान–श्रीमतीमात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुरकी श्रीमती छोरी भेट्न  गएकी थिईन् ।

चालिसेका दुई छोरा र चार छोरी छन् । छोरीहरुको बिहेवारी भइसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएका छन् ।