
रसुवा, भदौ ५ । अविरल बर्षाका कारण रसुवागढी सडकखण्डअन्तर्गतको लाङकुलुङ पुल नजिक गएको पहिरोका कारण स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सबै यातायात सञ्चालन हुन सकेका छैनन् ।
यसैगरी राम्चेमा पनि गएराति पहिरो जाँदा सडक अवरुद्व बनेको छ । राम्चेमा गएको पहिरो पन्छाउने कार्य भइरहेको र साँझसम्म सडक सुचारु हुने बताइएको छ ।
यो स्थानमा माथिबाट ढुङ्गा झरिरहेकाले यात्रा गर्दा सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्