
काठमाडौं, पुस २२ । संचारकर्मी राजेश खनाल श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
परिवर्तन नेपालले आयोजना गरेको कार्यक्रममा संचारकर्मी खनाललाई २०७६ सालको पुरस्कारबाट १० हजार रुपैयाँको थैलीसहित सम्मान गरिएको हो ।
त्यस्तै वरिष्ठ अभिनेत्री सपना श्रेष्ठ २०७७ सालको सोही पुरस्कारबाट सम्मानित हुनुभयो ।
त्यस्तै २०७६ सालको हरितारा चलचित्र पुरस्कारबाट चलचित्रकर्मी कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठ तथा २०७७ सालको सो पुरस्कारबाट वरिष्ठ गीतकार सहदेव ढुंगाना ३५ हजार रुपैयाँसहित सम्मानित हुनुभयो ।
निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।
प्रतिक्रिया दिनुहोस्