
रुकुम । रुकुम पश्चिमका यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
रुकुम पश्चिमको सदरमुकामबाट बाहिरिने र भित्रिने यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।
अविरल वर्षासँगै आएको पहिरोले क्षतिग्रस्त भएको सडक मर्मत नहुँदा बिग्रेकै सडकबाट यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
पहिरोका कारण कच्ची सडकको तल्लो र माथिल्लो दुवै भाग नराम्ररी बिग्रिएको छ ।
यात्रुसँगै यातायात व्यवसायीले पनि जोखिम मोलेरै सवारीका साधन सञ्चालन गरिरहेका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानिभेरी गाउँपालिका, चौरजहारी नगरपालिका, त्रिबेनी नगरपालिकालगायतका विभिन्न पालिकाहरु जोड्ने सडकहरु भत्किएका छन् ।
समयमै मर्मत र स्थानीय सरकारले पहिरो र माटो नपन्छाउँदा जोखिम बढेको हो । यहाँ सडकहरुमा दैनिक दुर्घटना बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्