२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सबै खेल नियमित हुने


0
Shares

काठमाडौं, पुस १५ । कोरोना (कोभिड १९) का कारण रोकिएका सबै खेल नियमित सुरु हुने भएका छन् ।

खेलकुद गतिविधिलाई सुचालु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताउनुभयो ।

खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले अब खेलाडी पनि खेल्नका लागि मानसिक रुपमा तयार हुन पर्ने बताउनुभयो ।

खेलकुद गतिविधि स्वास्थको हिसाबले राम्रो भएकाले कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले खेल क्षेत्रलाई प्रचार– प्रसार गर्नु पर्ने उहाँको तर्क छ ।

पछिल्लो सयम केही खेलकुदहरु सामान्य तरिकाले सञ्चालनमा आएको भए पनि निर्वाध सञ्चालन हुन सकेका छैनन् ।

सहज तरिकाले खेल क्षेत्र अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठले बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुरु भए पनि घरेलु प्रतियोगिता सुलालु गर्नेमा अझै अन्योल देखिएको छ ।