३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


झापालाई हराउँदै पुलिस लालबन्दी गोल्डकपको फाइनलमा


0
Shares

प्रकाश मैनाली (इमेज):

सर्लाही, जेठ ३० । नेपाल पुलिस क्लब सर्लाहीमा जारी पहिलो लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झापा–११ लाई १–० ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिसको जितमा खेलको ३९औं मिनेटमा रबि पासवानले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

प्रतियोगिताअन्तर्गत् दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र थ्रीस्टार क्लब आमने–सामने हुनेछन् ।

सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाको संयुक्त आयोजनामा लालबन्दी नगरपालिका–६ स्थित राधाकृष्ण खेलमैदानमा जारी प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल असार २ गते हुनेछ ।