
चितवन, साउन २४ । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।
इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् ।
इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्