
काठमाडौं, साउन २२ । सुर्खेतको पुरातात्विक महत्वको काँक्रेविहारमा तोडफोड भएको छ ।
पुनःनिर्माणको अन्तिम चरणमा रहेको वीरेन्द्रनगर, लाटिकोइलीमा रहेको काँक्रेविहारमा गएको सोमबार राति अज्ञात समूहले तोडफोड गरेको हो ।
बन्दै गरेको विहारका साथै गेट भत्काउने, गेटको गजुर, काउन्टर र भग्नावशेष संरक्षणका लागि लगाइएको तारबार भत्काइएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–९ वडा अध्यक्ष सुरेश मानन्धरले तीन दिनदेखि सो क्षेत्रमा अज्ञात समूहले तोडफोड गर्दै आएको जानकारी दिएका छन् ।
१२औं शताब्दीमा खस राजाहरुले काँक्रेविहार निर्माण गरेको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्